आज देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना

काठमाडौं, २० भदौ – आज देशभर विभिन्न स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आइतबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार प्रदेश नम्बर १, २, बागमती र गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको हो।

महाशाखाका अनुसार आज देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। तर प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षा पनि हुने सम्भावना रहेको महाशाखा जनाएकाे छ।

Facebook Comments Box