काठमाडौँ उपत्यकामा ७९३ जना सहित देशभर थप २ हजार ४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १७ भदौ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ७९३ जना सहित देशभर थप २ हजार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ५४१, भक्तपुरमा १०० र ललितपुरमा १५२ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा १० हजार ६५८ आरटी पीसीआर तथा ३ हजार ९९२ एन्टीजेन परिक्षण सहित १४ हजार ६५० जनाको परिक्षण गर्दा २ हजार ४ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ८ लाख ५० हजार २०८ रहेको छ भने सक्रिय संक्रमितको संख्या ३३ हजार ९४६ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप १ हजार ८४६ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख २१ हजार १८२ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १० हजार ७८६ रहेको छ ।

Facebook Comments Box