पछिल्लो २४ घण्टामा देशभर १२१ जानामा कोरोना संक्रमण पुष्टि, १ जनाकाे मृत्यु
काठमाडौँ, २८ चैत – पछिल्लो २४ घण्टामा देशभर १२१ जानामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार
६२० आरटी पीसीआर तथा १ हजार ७५७ एन्टीजेन परिक्षण सहित २ हजार ३७७ जनाको परिक्षण गर्दा १२१ जानामा कोरोना संक्रमण पुष्टि भएकाे स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
अहिले सम्म कोरोना संक्रमितको कुल संख्या ११ लाख ५४ हजार ६११ रहेको छ भने सक्रिय संक्रमितको संख्या ४९५ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा ८१ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ८९ हजार ५४२ पुगेको छ ।
यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाकाे मृत्यु भएकाे स्वाथ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १२ हजार २२ पुगेको छ ।

