काठमाडौँ उपत्यकामा ४७८ जना सहित देशभर थप १ हजार ३८८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, १३ भदौ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४७८ जना सहित देशभर थप १ हजार ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३३२, भक्तपुरमा ५२ र ललितपुरमा ११४ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ७ हजार २५९ आरटी पीसीआर तथा ३ हजार ३८ एन्टीजेन परिक्षण सहित १० हजार २९७ जनाको परिक्षण गर्दा १ हजार ३८८ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ८ लाख ४२ हजार १९३ रहेको छ भने सक्रिय संक्रमितको संख्या ३५ हजार ७९६ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप २ हजार २६० जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख १२ हजार ७१२ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १० हजार ७१४ रहेको छ

