आइतबार देखि चिकित्सा शिक्षा आयोगले स्नातक तहको भर्ना प्रक्रिया सुरु गर्ने

काठमाडौँ, १२ भदौ – चिकित्सा शिक्षा आयोगले स्नातक तहको म्याचिङ प्रक्रिया आइतबारदेखि गर्ने भएको छ । आयोगले स्नातक तहको एमबीबीएस, बीडीएसलगायतका चिकित्सा शिक्षामा भर्ना प्रक्रियाका लागि आइतबार प्रक्रिया सुरु गर्ने जानकारी दिएको छ ।

आयोगका उपाध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरीले स्नातक तहका सबै विषयको एकै पटक म्याचिङ प्रक्रिया सुरु हुने बताउनुभयो । कोरोना सङ्क्रमणका कारण हालसम्म चिकित्सा शिक्षातर्फको स्नातक तहको अध्ययन अझै हुन सकेको छैन । आयोगले साउन ९ देखि १३ गतेसम्म एकीकृत प्रवेश परीक्षा सञ्चालन गरेको थियो ।

Facebook Comments Box