पचास लाख भन्दा माथिले बनेको सडक ६ महिनामै भत्कियो

तेह्रथुम, १० भदौ – तेह्रथुमको फेदाप गाउँपालिकामा आधा करोड खर्चेर ग्राभेल गरिएको सडक ६ महिनामै भत्किन थालेको छ । फेदाप गाउँपालिकाले ४७ लाख ४६ हजार २० रुपैयाँ खर्चेर बनाएको सिम्रागुफा-औँसीडाँडा सडक भत्किन थालेको हो ।

गाउँपालिकाको केन्द्र हुँदै सेपेनीसम्म र गाउँपालिकाकै केन्द्रदेखि फेदाप-३ सम्म दुईवटा प्याकेजमा सडक ग्राभेल गरिएको थियो । तर, सडक भत्किन थालेको स्थानीय होमप्रसाद कोइरालाले बताए । सडक निर्माणको ठेक्का याँमा जय शम्भु निर्माण सेवा इलामले पाएको थियो ।

Facebook Comments Box