काठमाडौँ उपत्यकामा १ हजार ३३ जना सहित देशभर थप ३ हजार २७४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, १ भदौ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ३३ जना सहित देशभर थप ३ हजार २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ६७३, भक्तपुरमा १४१ र ललितपुरमा २१९ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ११ हजार ५६५ आरटी पीसीआर तथा ६ हजार १२४ एन्टीजेन परिक्षण सहित १७ हजार ६८९ जनाको परिक्षण गर्दा ३ हजार २७४ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ८ लाख १४ हजार १२७ रहेको छ भने सक्रिय संक्रमितको संख्या ३९ हजार ८७१ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप १ हजार ९२९ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ६ लाख ८७ हजार ६९ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १० हजार ३५४ रहेको छ ।

