चम्पावतका पवनदीप राजन इण्डियन आइडल बने
मुमबइ, ३२ साउन – एजेन्सी । सवैको अनुमानअनुसार भारतको नेपाली सीमावर्ती क्षेत्र उत्तराखण्डको चम्पावतका पवनदीप राजन इण्डियन आइडल बनेका छन् ।
हिजो १२ घण्टासम्म चलेको सिजन १२ को फाइनल एपिसोडपछि ६ अन्तिम प्रतिस्पर्धीबीच राजनलाई विजेता घोषणा गरिएको हो । सुरुआतदेखि नै परिपक्व गायनका कारण पवनदीप जजहरुको मात्रै होइन देशभर लोकप्रिय भइसकेका थिए ।
चम्पावतका २५ वर्षीय राजत गायनका साथसाथै सबै प्रकारका बाजाहरु बजाउने क्षमता राख्छन् । उनको युट्युव च्यालन हेर्दा उनले नेपालमा आएर समेत प्रस्तुति दिएका छन् । कोरोना महामारीका कारण इण्डियन आईडलको यो सिजन पूरा १ वर्षको रह्यो । एक वर्षअघि स्वतत्रता दिवसका दिन सुरु भएको थियो ।
यसबीचमा आइडलका प्रतिस्पर्धीहरुसमेत कोरोना संक्रमित भएका थिए । पवनदीप आफैं पनि कोरोनाका कारण दुई सातासम्म आइसोलेसनमा बस्नुपरेको थियो ।