अफगानीलाई देश छोड्न देउ : अन्तर्राष्ट्रिय समुदाय

काबुल, ३२ साउन – अफगानिस्तानमा विद्रोही समुह तालिबानको नियन्त्रणसँगै त्यहाँका नागरिकहरुको सुरक्षालाई लिएर अन्तर्राष्ट्रिय समुदायबाट चासो र चिन्ता प्रकट भएको छ ।

विश्वका ६० भन्दा बढी देशले संयुक्त वक्तव्य जारी गर्दै देश छोड्न चाहने नागरिकलाई अवरोध नगर्न तालिवानसँग आग्रह गरेका छन् ।  तालिवानको नाम नलिइकन विज्ञप्तिमा भनिएको छ, ‘अफगानिस्तानको सत्ता र शक्ति हातमा लिएकाहरुले त्यहाँका जनताको जीवनरक्षाका निम्ति जिवारी र उत्तरदायित्व वहन गर्नुपर्छ ।’

अफगान जनताले सुरक्षित र सम्मानित जीवन बाँच्न पाउनुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ । विज्ञप्ति जारी गर्नेमा अमेरिका, बेलायत, अष्ट्रेलिया लगायत राष्ट्रहरु छन् ।

राजधानीमा काबुलमा प्रवेशसँगै तालिवानले अफगानिस्तानमाथि कब्जा जमाएको छ । अफगानी लडाकुहरुले राष्ट्रपति भवनलाई समेत आफ्नो नियन्त्रणमा लिइसकेका छन् । यससँगै सुरक्षा चिन्ताले काबुलबाट बाहिर भाग्न मानिसहरु प्रयासरत छन् । विमानस्थलमा कोलाहलको अवस्था उत्पन्न भएको छ ।

Facebook Comments Box