काठमाडौँ उपत्यकामा १ हजार ९९ जना सहित देशभर थप ३ हजार ९५१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २९ साउन – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ९९ जना सहित देशभर थप ३ हजार ९५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ७९९, भक्तपुरमा १६२ र ललितपुरमा १२८ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ११ हजार ७०८ आरटी पीसीआर तथा ६ हजार ८७४ एन्टीजेन परिक्षण सहित १८ हजार ५८२ जनाको परिक्षण गर्दा ३ हजार ९५१ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ८ लाख २ हजार ५६६ रहेको छ भने सक्रिय संक्रमितको संख्या ३८ हजार ७९८ रहेको छ । सैगरी, पछिल्लो २४ घण्टामा थप २ हजार ११८ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ६ लाख ७९ हजार ४९५ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १० हजार २३९ रहेको छ ।

Facebook Comments Box