आज देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा, एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ, २९ साउन – आज प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम सम्मवर्षा भइरहेको छ भने बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। यस क्रममा प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको पनि सम्भावना छ।

यसैगरी राति पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा प्रदेश नं १, प्रदेश २, बागमतीका थोरै र गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना पनि छ। पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम। नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने। आवश्यक सतर्कता अपनाउन अनुरोध गरेकाे छ।

Facebook Comments Box