काठमाडौँ उपत्यकामा १ हजार १३३ जना सहित देशभर थप ३ हजार २६० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २८ साउन – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार १३३ जना सहित देशभर थप ३ हजार २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ८११, भक्तपुरमा १३० र ललितपुरमा १९२ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा १० हजार ८०६ आरटी पीसीआर तथा ४ हजार ६५६ एन्टीजेन परिक्षण सहित १५ हजार ४६२ जनाको परिक्षण गर्दा ३ हजार २६० जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ७ लाख ९८ हजार ६५१ रहेको छ भने सक्रिय संक्रमितको संख्या ३८ हजार १८० रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप २ हजार २९४ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ६ लाख ७७ हजार ३७७ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३२ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १० हजार २१२ रहेको छ ।

Facebook Comments Box