आजदेखि कम्तीमा ३ दिनसम्म देशभर व्यापक वर्षा हुने सम्भावना : मौसमविद्

काठमाडौँ, २८ साउन – मनसुनको न्यून चापीय रेखा नेपालको तराई क्षेत्रनजिकै आएकाले अब कम्तीमा ३ दिन देशभर व्यापक वर्षा हुने अनुमान मौसमविद्ले गरेका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार मनसुनी न्यून चापीय रेखा बुधबार बेलुकाबाट नेपाल नजिकै आएको हो। ‘जसले गर्दा आजदेखि कम्तीमा ३ दिनसम्म वर्षाको मात्रा बढ्ने सम्भावना छ,’ मौसमविद् श्रेष्ठले भने।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान मौसम देशभर सामान्यदेखि पूर्णसम्म बदली भएको छ भने प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।

Facebook Comments Box