छनोट परीक्षाको प्रश्नपत्र लिक गर्ने कार्यमा संलग्न दुईजना प्रहरी बर्खास्त हुने

काठमाडौँ, २६ साउन – संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जान लिइने पूर्व छनोट परीक्षाको प्रश्नपत्र लिक गर्ने कार्यमा संलग्न दुईजना प्रहरी बर्खास्त हुने भएका छन्।

प्रश्न पत्र लिकको योजना बनाउने नेपाल प्रहरीको साइबर ब्युरोमा कार्यरत हवल्दार कुमार शाह र युएन शाखाका परिचर सुरेश बमलाई बर्खास्त गर्न सिफारिस भएको हो।

डिआइजी वसन्त लामाको संयोजकत्वमा गत आइतवार गठन गरिएको छानबिन समितिले शाह र बमलाई बर्खास्त गर्न प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको हो।

शाहको योजनामा प्रहरी प्रधान कार्यालयको युएन शाखाका परिचर सुरेश बमले शान्ति मिसन पूर्व छनोटको प्रश्न पत्र चोरेर लिक गरेको छानबिन समितिको अनुसन्धानबाट खुलेको छ।

लामा संयोजकत्वको ६ सदस्यीय समितिले दुई प्रहरीलाई बर्खास्तसँगै अन्य ३० प्रहरीमाथि कारबाही सिफारिस पनि गरेको छ।

Facebook Comments Box