काठमाडौँ उपत्यकामा १ हजार १८६ जना सहित देशभर थप ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २६ साउन – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार १८६ जना सहित देशभर थप ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ७९५, भक्तपुरमा १५२ र ललितपुरमा २३९ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा १३ हजार २१७ आरटी पीसीआर तथा ५ हजार ९०६ एन्टीजेन परिक्षण सहित १९ हजार १२३ जनाको परिक्षण गर्दा ४ हजार ९०४ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ७ लाख ९१ हजार ९१० रहेको छ भने सक्रिय संक्रमितको संख्या ३७ हजार ३३२ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप २ हजार ११५ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ६ लाख ७३ हजार १९८ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १० हजार १५० रहेको छ ।

Facebook Comments Box