देशका विभिन्न भागमा भारी वर्षासँगै केही नदीमा पानीको वहाब बढ्ने सतर्क रहन विभागकाे आग्रह

काठमाडौं, २५ साउन – देशका विभिन्न भागमा भारी वर्षासँगै केही नदीमा पानीको वहाब बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आज कोशी, कर्णाली, कन्काई, बागमती, पूर्वीराप्ती, पश्चिम राप्ती र यिनका सहायक नदीहरुमा बहाव बढ्ने सम्भावना रहेको विभागले जनाएको छ।

नारायणी, महाकाली, कमला, तिनाउ, बबईलगायत नदीमा वहाब सामान्य घटबढ भए पनि जलसतह भने सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान रहेको विभागको भनाइ छ। प्रदेश १ का अधिकांश जिल्ला तथा प्रदेश २ को रौतहट र धनुषाका नदी तथा खोलामा आज पानीको सतह बढ्ने विभागको भनाइ छ।

सुदूरपश्चिम प्रदेशको बझाङ, बाजुरा, बैतडी, डडेलधुरा, कैलाली र आसपासका जिल्ला भई बहने स–साना नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव आउन सक्ने पूर्वानुमान रहेकाले सतर्क रहन विभागले  आग्रह गरेको छ।

Facebook Comments Box