सूर्यदर्शका सञ्चालक समिति सदस्य काठमाडौंबाट पक्राउ
काठमाडौं, २६ माघ – कास्कीको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक समिति सदस्य पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी परेपछि फरार रहेका सुनसरीको इनरुवा नगरपालिका ५ का ३० वर्षीय प्रमोद भट्टराईलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
३० वर्षीय भट्टराईलाई बिहीबार काठमाडौंको गोकर्णेश्वर नगरपालिका ४ माकलबारीबाट पक्राउ गरेर कास्की लगिएको छ। सहकारीविरुद्ध बचतकर्ताले जाहेरी दिएपछि सञ्चालक जीबी भन्ने गितेन्द्रबाबु राईसहित फरार छन्। उनीहरुविरुद्ध प्रहरीले इन्टरपोलको सहयोगमा विदेशमा समेत खोजीकार्य गरिरहेको छ। पक्राउ परेका कुमार रम्तेल, शिवबहादुर गुरूङ भोटेलगायतलाई भने अदालतले पुर्पक्षका लागि थुनामा पठाइसकेको छ।
Facebook Comments Box

