राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं, १३ माघ – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बिहीबार राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री देउवा शीतलनिवास पुगेका हुन् ।

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको जानकारी दिए । ‘यो नियमित भेटघाट नै हो, भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको छ’ उनले भने ।

Facebook Comments Box