ललितपुर महानगरले भाेलिबाट ४५ वर्ष माथिका लाई भेराेसेलकाे पहिलाे मात्र खाेप लगाउँदै

काठमाडौँ, १४ साउन – ललितपुर महानगरपालिका भित्र कोरोना विरुद्वको भेरोसेल पहिलाे मात्रा लगाउने कार्यक्रम सुरु हुने भएको छ ।

महानगरले एक सूचना जारी गर्दै ४५ बर्ष र सो भन्दा माथिका व्यक्तिलाई लक्षित गरि खोप दिन थालेको बताएको हो । खोप कार्यक्रमा साउन १५, १६ र १७ गते महानगरपालिकाका २९ वडाहरुमा सञ्चालन हुँने छ ।

साथै साउन १८ गते जोनसोन एण्ड जोनसोन खोप कार्यक्रम पनि सञ्चालन हुँन गइरहेको र सोको विस्तृत कार्यक्रम पछि सार्वजनिक गरिने महानगरपालिकाले बताएको छ ।

Facebook Comments Box