इटहरी उपमहानगरपालिकाले एक साताका लागि अत्यावश्यक सेवाबाहेकका अन्य सबै सेवा बन्द

निषेधाज्ञा खुकुलो भएपछि कोरोना संक्रमित कर्मचारीकै संख्या बढेपछि इटहरी उपमहानगरपालिकाले एक साताका लागि अत्यावश्यक सेवाबाहेकका अन्य सबै सेवा बन्द गर्ने भएको छ।

सोमबार एक सूचना जारी गर्दै उपमहानगरपालिकाका केही कर्मचारीमा कोरोना संक्रमण भएको र केहीमा कोरोनाको लक्षण देखिएकाले गर्दा साउन १२ गतेदेखि १८ गतेसम्मका लागि अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गर्ने निर्णय गरेको उल्लेख गरेको छ।

उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत सूर्य सुवेदीद्वारा जारी सूचनामा उपमहानगरपालिका र इटहरीका २० वटै वडा कार्यालयबाट हुने सेवा १८ गतेसम्म बन्द गरिनेछ। उपमहानगपालिका तथा वडा कार्यालयबाट हुने अति आवश्यक सेवा भने प्रदान गरिनेछ।

Facebook Comments Box