जेलमा ट्रम्पको आत्मसमर्पण, २० मिनेटमै रिहा

काठमाडौँ, ८ भदौ – अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरे तर त्यहाँ बसेको २० मिनेटमै उनी रिहा भएका छन्। बीबीसीका अनुसार उनी दुई लाख डलर धरौटीमा रिहा भएका हुन्। ट्रम्पले जे भोग्नुपर्‍यो, त्यो यसअघि अमेरिकाका कुनै पनि राष्ट्रपति वा पूर्वराष्ट्रपतिले बेहोर्नुपरेको थिएन।

उनले आत्मसर्मण गरेपछि जेलले ट्रम्पको मगसट सार्वजनिक गर्‍यो, जुन तस्बिर जेलमा रेकर्डका लागि खिचिएको हो। अमेरिकाको इतिहासमा यस्तो कहिल्यै भएको छैन। पूर्वराष्ट्रपति ट्रम्पले सन् २०२० भएको राष्ट्रपतिको निर्वाचनका क्रमा जर्जियामा नतिजा उल्टाउन खोजेको आरोपमा १३ अभियोग सामना गरिरहेका छन्।

९८ पृष्ठको अभियोगपत्रमा ट्रम्पले चुनावी नतिजालाई ‘आपराधिक रूपमा’ परिवर्तन गर्न ‘गैरकानुनी षड्यन्त्र’ गरेको उल्लेख छ। साथै ट्रम्पविरुद्ध चुनावमा धाँधली भयो भनी झुटो दाबी पेस गरेको आरोप पनि छ। तर ट्रम्पले सबै आरोप अस्वीकार गरिरहेका छन्।

Facebook Comments Box