काठमाडौँ उपत्यकामा ६९७ जना सहित देशभर थप २ हजार ८३८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ६ साउन – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६९७ जना सहित देशभर थप २ हजार ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४९०, भक्तपुरमा ७९ र ललितपुरमा १२८ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ८ हजार ७१५ आरटी पीसीआर तथा ३ हजार ९०१ एन्टीजेन परिक्षण सहित १२ हजार ६१६ जनाको परिक्षण गर्दा २ हजार १२८ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ७ लाख २४ हजार ४५५ रहेको छ भने सक्रिय संक्रमितको संख्या २६ हजार ८३२ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप १ हजार ४७५ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ६ लाख ३७ हजार ४०२ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ९ हजार ६३७ रहेको छ

Facebook Comments Box