ओली पक्षले नेता माधवकुमार नेपाल पार्टी एकताप्रति इच्छुक नदेखएको निष्कर्ष
काठमाडौँ, ३ साउन – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी एकताप्रति इच्छुक नदेखएको निष्कर्ष निकालेको छ।
कार्यदलका सदस्यहरुको छलफलमा नेता माधवकुमार नेपालले अरु सांसदले नदिए पनि आफूले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिने धारणा राखेको एमालेका सचिव प्रदीप ज्ञवालीले बताएका हुन्।
ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा भएको स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सचिव ज्ञवालीले एमालेको यसअघिको बैठकबाट प्रतिपक्षमा रहने र विश्वासको मत नदिने निर्णय गरेको बताए।
‘जसरी विश्वासको मत लिने निर्णय गरेको छ। त्यसको विभिन्न प्रश्नहरु पनि जन्माएको छ’, ज्ञवालीले भने, ‘हामीले यसअघिको बैठकमै प्रतिपक्षी रहने निर्णय गरिसकेका छौँ। यो सरकारको पक्षमा जान सकिँदैन। विपक्षमा मतदान गर्छौँ।’ ज्ञवालीले एमालेले आफ्नो सांसद र सम्भव भएसम्म अन्य दलहरुसँग यही कुरा राख्ने बताए।

