काठमाडौँ उपत्यकामा ४२५ जना सहित देशभर थप २ हजार ९०५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, ३० असार – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४२५ जना सहित देशभर थप २ हजार ९०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २९४, भक्तपुरमा ६९ र ललितपुरमा ६२ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ८ हजार १०८ आरटी पीसीआर तथा ४ हजार ९१६ एन्टीजेन परिक्षण सहित १३ हजार २४ जनाको परिक्षण गर्दा २ हजार ९०५ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ७ लाख ६ हजार ७६१ रहेको छ भने सक्रिय संक्रमितको संख्या २६ हजार ६४७ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ६०६ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ६ लाख २३ हजार १०५ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ९ हजार ४३० रहेको छ

