माओवादी केन्द्र अवैधानिक नभएको निर्वाचन आयोगको पुष्टी

काठमाडौँ, २७ असार – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अवैधानिक नभएको निर्वाचन आयोगले बताएको छ । गत शुक्रबार माओवादी केन्द्र अवैधानिक भइसकेको खारेज गर्न माग गर्दै नेकपा एमाले प्रवेश गर्नुभएका टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, गौरीशंकर चौधरीलगायतका नेताहरु निर्वाचन आयोग पुग्नुभएको थियो ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार माओवादी केन्द्र अवैधानिक भएको भन्दे परेको निवेदनको सन्दर्भमा केही गरिरहन परेन भन्ने निर्णय आएको छ । उहाँले संवैधानिक तथा कानुनी शर्तहरु पूरा गरेर आयोगमा दर्ता भएको देखिएका कारण माओवादी केन्द्रको वैधानिकता सम्बन्धमा आयोगमा दिएको निवेदन उपर केही गरिरनु परेन भन्ने निर्णय भएको बताउनुभयो ।

आयोगले प्रस्तुत पाँच वटा आधार

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) वि.सं. २०७३ साउन ३२ को निर्णय अनुसार निर्वाचन आयोगमा दर्ता भएको । सोही नाममा माओवादी केन्द्रले २०७४ सालको चुनावमा भाग लिएको ।नेकपा (एमाले) र माओवादी केन्द्र मिलेर बनेको नेकपा २०७५ जेठ २३ गते निर्वाचन आयोगमा दर्ता भएको ।

नेकपा (एमाले) र नेकपा माओवादी केन्द्र अलग दलका रुपमा रहने भनी २०७७ फागुन २३ गते सर्वोच्च अदालतबाट निर्णय भएको । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) साविककै दलका रुपमा रहने भनी २०७७ फागुन २५ मा निर्वाचन आयोगले निर्णय गरेको । र, सोही मितिमा राजपत्रमा सूचनासमेत प्रकाशित भएको ।

Facebook Comments Box