काठमाडौँ उपत्यकामा ३९१ जना सहित देशभर थप १ हजार ८३१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २७ असार – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३९१ जना सहित देशभर थप १ हजार ८३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २६३, भक्तपुरमा ३१ र ललितपुरमा ९७ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ५ हजार ५३५ आरटी पीसीआर तथा ३ हजार ६८३ एन्टीजेन परिक्षण सहित ९ हजार २१८ जनाको परिक्षण गर्दा १ हजार ८३१ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ६ लाख ९९ हजार १८ रहेको छ भने सक्रिय संक्रमितको संख्या २६ हजार १७३ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ५३३ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ६ लाख १९ हजार ८९४ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ९ हजार ३८२ रहेको छ

Facebook Comments Box