विदेशमा चिकित्सा शिक्षा स्नातक तह पूरा गरेका विद्यार्थीले अब नेपालमै इन्टर्नसिप गर्न पाउने

काठमाडौँ, २३ असार – विदेशमा चिकित्सा शिक्षा स्नातक तह पूरा गरेका विद्यार्थीले अब नेपालमै इन्टर्नसिप गर्न पाउने भएका छन्। चिकित्सा शिक्षा आयोगले कोरोनाको कारणले पढेकै विश्वविद्यालयमा इन्टर्नसिप पूरा गर्न नपाएका विद्यार्थीहरुको लागि नेपालमै इन्टर्नसिप गर्ने व्यवस्था मिलाइएको हो ।

सन् २०२० को अप्रिल महिनाको अन्तसम्ममा अन्तिम परीक्षा उत्तिणर् गरी इन्टर्नसिपको बाँकि रहेका विद्यार्थीले नेपालबाटै बाँकी पढाइ पूरा गर्न पाउने छन् । चिकित्सा शिक्षा आयोगको असार २१ को निणर्यअनुसार विदेशमा चिकित्सा शिक्षा पढेका विद्यार्थीको कोरोनाले इन्टर्नसिप पूरा नभएको भए इन्टर्नसिप गर्न इच्छुक विद्यार्थीलाई अनलाइन आवेदन दिन भन्दै सूचना जारी गरेको छ ।

अनलाइन आवेदन असार २४ देखि सुरु हुने र साउन ५ गतेसम्म भरिसक्नुपर्ने सूचनामा उल्लेख छ। स्नातक तहको पढाइ पूरा भएको पत्र वा अन्तिम परीक्षा उत्तिणर् भएको प्रमाणपत्रलगायत कागजातहरू पेश गर्नुपर्ने हुन्छ। साथै इन्टर्नसिप गर्न चाहेको अस्पतालको स्वीकृति वा अनुमतिपत्र पनि आवश्यक हुन्छ। आयोगले आवेदन शुल्क एक हजार पाँच सय तोकेको छ। आवेदन प्रणाली आयोगको वेवसाइटमा रहेको सूचनामा छ।

Facebook Comments Box