नेपाल आयल निगमले खाना पकाउने ग्याससमा २५,पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको २-२ रुपया मूल्य बढायो
काठमाडौँ, २३ असार – नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ ।
गएरातिदेखि लागू हुनेगरी खाना पकाउने एलपी ग्याससहित सबै इन्धनको मूल्य बृद्धि भक्एो नेपाल आयल निगमले जनाएको छ।
निगमले ग्यासको मूल्यमा प्रति सिलिन्डर २५ रुपैयाँ, पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई/दुई रुपैयाँ बढाएको निगमका प्रबक्ता बिनित मणी उपध्यायले बताउनु भयो । नयाँ मूल्यसूची अनुसार प्रतिसिलिन्डर ग्यासमा २५ रुपैयाँ बढेर १४ सय २५ रुपैयाँ पुगेको छ ।
त्यस्तै, पेट्रोलमा दुई रुपैयाँ बढेर १ सय २९ रुपैयाँ, डिजेल र मट्टितेलमा दुई/दुई रुपैयाँ वृद्धि गरेर १ सय १२ रुपैयाँ कायम भएको छ । यस्तै, निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर दुई रुपैयाँ बढाएर ८४ रुपैयाँ पुर्याएको छ । हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १९ अमेरिकी डलरले बढेर ७ सय ५४ कायम भएको निगमले जनाएको छ ।
गत वर्ष लकडाउनमा निगमले उच्च नाफा राखेर तेल बचेको थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको घट्दा मूल्य नघटाउने निगमले बढ्दा भने घाटा भएको कारण देखाउँदै लगातार मूल्य बढाइरहेको छ । गएको जेठ २२ गते निगमले पेट्रोल, डिजेल/मटितेल तथा हवाइ इन्धन (आन्तरिक)को साबिकको बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको थियो । निगमले भविष्यमा अझै मूल्य बढ्न सक्ने बताएको छ ।

