काठमाडौँ उपत्यकामा ५७२ जना सहित देशभर थप २ हजार ८९२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, १६ असार – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५७२ जना सहित देशभर थप २ हजार ८९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४३६, भक्तपुरमा ४७ र ललितपुरमा ८९ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ७ हजार १८७ आरटी पीसीआर तथा ४ हजार ३८१ एन्टीजेन परिक्षण सहित ११ हजार ५६८ जनाको परिक्षण गर्दा २ हजार ८९२ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ६ लाख ७३ हजार ७४९ रहेको छ भने सक्रिय संक्रमितको संख्या ३३ हजार ५६१ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ३ हजार ५९७ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ५ लाख ९६ हजार १३२ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ९ हजार ११२ रहेको छ

