आज पनि देशका धेरै स्थानमा वर्षा हुने सम्भावना

काठमाडौं, १३ असार – आज पनि देशका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा प्रदेश नं १, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भने मेघगर्जन/चट्याङसहित भारी वर्षा हुने सम्भावना छ।

यस्तै आज राति पनि देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। प्रदेश नं १ र बागमती प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ।

Facebook Comments Box