काठमाडौँ उपत्यकामा २४९ जना सहित देशभर थप २ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, १२ असार – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २४९ जना सहित देशभर थप २ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १८१, भक्तपुरमा २५ र ललितपुरमा ४३ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ४ हजार ७०४ आरटी पीसीआर तथा ४ हजार ८०६ एन्टीजेन परिक्षण सहित ९ हजार ५१० जनाको परिक्षण गर्दा २ हजार १६ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ६ लाख ६३ हजार ८५७ रहेको छ भने सक्रिय संक्रमितको संख्या ४२ हजार २४ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप ४ हजार ९१४ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ५ लाख ८१ हजार ३२७ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ८ हजार ९७५ रहेको छ

