काठमाडौँ उपत्यकामा ४९७ जना सहित देशभर थप २ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, ९ असार – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४९७ जना सहित देशभर थप २ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३४६, भक्तपुरमा ५७ र ललितपुरमा ९४ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ७ हजार ४६१ आरटी पीसीआर तथा ४ हजार ९५३ एन्टीजेन परिक्षण सहित १२ हजार ४१५ जनाको परिक्षण गर्दा २ हजार ४२१ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ६ लाख ५६ हजार ८९१ रहेको छ भने सक्रिय संक्रमितको संख्या ५० हजार ५२० रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप ३ हजार ५२८ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ५ लाख ६८ हजार ३१० पुगेको छ ।
यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५२ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ८ हजार ८६५ रहेको छ

