काठमाडौँ उपत्यकामा ३७९ जना सहित देशभर थप २ हजार २९७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ७ असार – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३७९ जना सहित देशभर थप २ हजार २९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २८५, भक्तपुरमा ३३ र ललितपुरमा ६१ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ६ हजार ५८३ आरटी पीसीआर तथा ४ हजार ३२१ एन्टीजेन परिक्षण सहित १० हजार ९०४ जनाको परिक्षण गर्दा २ हजार २९७ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ६ लाख ४९ हजार ९४८ रहेको छ भने सक्रिय संक्रमितको संख्या ५३ हजार ९४० रहेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा थप ३ हजार १३० जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ५ लाख ५९ हजार ९१९ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ८ हजार ७७२ रहेको छ

Facebook Comments Box