काठमाडौँ उपत्यकामा ५७० जना सहित देशभर थप २ हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, ३ असार – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५७० जना सहित देशभर थप २ हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४१३, भक्तपुरमा ३६ र ललितपुरमा १२१ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा ७ हजार ७११ आरटी पीसीआर तथा ४ हजार ७७३ एन्टीजेन परिक्षण सहित १२ हजार ४८४ जनाको परिक्षण गर्दा २ हजार ६०७ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ६ लाख ४० हजार ४० रहेको छ भने सक्रिय संक्रमितको संख्या ६१ हजार ७२५ रहेको छ ।
यसैगरी, पछिल्लो २४ घण्टामा थप २ हजार १४१ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ५ लाख ४५ हजार ६६२ पुगेको छ ।
यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ८ हजार ५९७ रहेको छ

