गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाको पद खारेज

काठमाडौँ, ३१ जेठ – राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापा पदमुक्त भएका छन्। सर्वोच्च अदालतले यस अघि उनलाई संसदमा पुनर्स्थापना गर्ने अन्तरिम आदेश खारेज गरेको हो। न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले यस्तो आदेश जारी गरेको हो।

अदालतबाट अन्तरिम आदेश जारी भएपश्चात परिस्थितिमा परिवर्तन भइ हाल विपक्षी निवेदक थापा गण्डकी प्रदेशसभा सदस्यबाट हटिसकेको भन्ने तथ्यमा विवाद नदेखिएको आदेशमा भनिएको छ। पार्टी ह्वीप विपरित मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पक्षमा उभिएपछि उनलाई पार्टीले कारबाही गरेर प्रदेश सभा सदस्यबाट हटाएको थियो। त्यसका विरुद्ध उनी सर्वोच्च पुगेका थिए। जेठ २३ गते उनको निवेदनमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेको थियो। २७ गते गुरुङले संसदमा विश्वासको मत लिँदा थापा तटस्थ बसेका थिए। जनमोर्चाले उनलाई पुन: कारबाही गर्दै पदमुक्त गरेको थियो।

Facebook Comments Box