उपत्यकामा निषेधाज्ञा एक हप्तालाई थप्ने तयारी

काठमाडौँ, २९ जेठ – उपत्यकामा निषेधाज्ञा एक हप्तालाई थप्ने तयारी भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको हिजो बसेको अनौपचारिक बैठकले केहि खुकुलो बनाएर निषेधाज्ञा एक हप्ता थप्ने छलफल गरेको हो ।

निषेधाज्ञा थप्नेबारे बारे पर्सि आईतबार पुःन बैठक बसी निणर्य गर्ने बताईएको छ । आज कुन-कुन क्षेत्र खुलाउने तथा कुन कुन क्षेत्र नखुलाउने भन्नेबारे कुनै निणर्य नभएको जनाईएको छ । बिहान ९ बजेसम्म खुल्दै आएका खाद्यान्न र तरकारी पसलको समयावधि भने केहि समय थप गर्ने बुझिएको छ ।

कोरोना महामारीको जोखिम अझै पनि उस्तै रहेकाले केहि खुकुलो बनाएर थप एक हप्ता निषेधाज्ञा थप्नेबारे छलफल भईरहेको जनाईएको छ । पछिल्लो पटक काठमाडौ उपत्यकामा थपिएको निषेधाज्ञा आउँदो ३१ गते राति १२ बजेदेखि सकिदैँ छ ।

Facebook Comments Box