पृथ्वीसुब्बा गुरुङले विश्वासको मत पाउन सकेनन्
गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत पाउन सकेनन्। आज प्रदेश सभामा उनले विश्वासको मत लिने प्रस्ताव गरेका थिए। प्रस्तावको पक्षमा २७ र विपक्षमा ३० मत गरेको छ।
मतदानमा स्वतन्त्र सांसद दीपक मनाङे अनुपस्थित थिए। राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ बसेका छन्। उनी मतदानको समयमा कुर्सीबाटै उठेनन्। संविधानको धारा १६८ उपधारा ३ अनुसार बनेको गुरुङ सरकारले विश्वासको मत (बहुमत) प्राप्त गर्न नसकेपछि उपधारा ५ आकृष्ट भएको छ।
Facebook Comments Box

