नवनियुक्त मन्त्रीहरुबाट सपथ

काठमाडौँ, २७ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्गठन गर्नुभएको मन्त्रिमण्डलका ७ मन्त्री र १ राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले ७ मन्त्री र प्रधानमन्त्री ओलीले १ राज्यमन्त्रीलाई सपथ गराउनुभएको हो ।

विस्तारित मन्त्रिपरिषदमा एमाले ओली समूहका नेता, पूर्व माओवादी खेमा, राजपा तथा माधव नेपाल खेमाका नेताहरु रहेका छन् ।

Facebook Comments Box