काठमाडौँ उपत्यकामा ७६४ जना सहित देशभर थप ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, २७ जेठ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ७६४ जना सहित देशभर थप ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ५४०, भक्तपुरमा ९९ र ललितपुरमा १२५ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा ९ हजार ९०१ आरटी पीसीआर तथा ५ हजार ३३७ एन्टीजेन परिक्षण सहित १५ हजार २३८ जनाको परिक्षण गर्दा ३ हजार ७४९ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ६ लाख १ हजार ६८७ रहेको छ भने सक्रिय संक्रमितको संख्या ७७ हजार ८८५ रहेको छ ।
यसैगरी, पछिल्लो २४ घण्टामा थप ५ हजार २९३ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ५ लाख १५ हजार ५९१ पुगेको छ ।
यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ८ हजार २३८ रहेको छ

