प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद विस्तार
काठमाडौँ, २७ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मन्त्रिपरिषद विस्तार गर्दै उहाँले गृहमा खगराज अधिकारी, संचारमा नैनकला थापालाई नियुक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले रक्षामन्त्रालय आफैंसँग राख्नुभएको छ ।
त्यस्तै, वन तथा वातावरणमन्त्रीमा नारदमुनि राना, कृषिमन्त्रीमा ज्वालाकुमारी साह, उद्योगमन्त्रीमा राजकिशोर यादव, सामान्य प्रशासनमन्त्रीमा गणेश पहाडी नियुक्त हुनु भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यस्तै, प्रधानमन्त्री कार्यालय रहने गरी मोहन बाँनिया र वन राज्यमन्त्रीमा आशा विक हुनुभएको छ ।
मन्त्रिपरिषद्को पूर्ण सूची

Facebook Comments Box

