काठमाडौँ उपत्यकामा ९३७ जना सहित देशभर थप ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, २२ जेठ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ९३७ जना सहित देशभर थप ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ७२३, भक्तपुरमा ७३ र ललितपुरमा १४१ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा ११ हजार ४७१ आरटी पीसीआर तथा ५ हजार ३४३ एन्टीजेन परिक्षण सहित १६ हजार ८१४ जनाको परिक्षण गर्दा ५ हजार ४२ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ५ लाख ८५ हजार १०० रहेको छ भने सक्रिय संक्रमितको संख्या ९२ हजार ९२८ रहेको छ ।
यसैगरी, देशभरका क्वारेन्टाइनमा ७३० जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै, पछिल्लो २४ घण्टामा थप ८ हजार २४३ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ४ लाख ८४ हजार ३७३ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ६८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ७ हजार ७९९ रहेको छ

