नयाँ मन्त्रीहरूको सपथग्रहण आजै बेलुकी ८ बजे हुने

काठमाडौँ, २१ जेठ – नयाँ मन्त्रीहरूको सपथग्रहण आजै बेलुकी ८ बजे हुने भएको छ। राष्ट्रपति कार्यालय शीतलनिवासमा ८ बजे सपथको तयारी गरिएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) नेपालका १० जना नयाँ मन्त्री नियुक्त गर्दैछन्। उनीहरुसँग आफ्नै पार्टीबाट पनि प्रधानमन्त्री ओलीले केही मन्त्री हेरफेर गर्न लागेका छन्।

उनले शेरबहादुर तामाङलाई स्वास्थ्य मन्त्री बनाउन लागेका छन् भने विष्णु पौडेल र रघुवीर महासेठलाई उपप्रधानमन्त्री बनाउने तयारी गरेका छन्। आन्तरिक तयारीकै लागि नयाँ मन्त्रीहरुको सपथ सारिएको हो।

Facebook Comments Box