आज विश्व सम्पदा दिवस मनाइँदै

काठमाडौँ, ५ वैशाख – सम्पदाको संरक्षणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज विश्व सम्पदा दिवस मनाइँदै छ। युनेस्को अन्तर्गत रहेका विश्व सम्पदा क्षेत्रहरूको संरक्षण र प्रवर्द्धनका लागि सन् १९८३ देखि हरेक वर्ष अप्रिल १८ मा यो दिवस मनाउने गरिन्छ।

हाल नेपालबाट काठमाडौँ उपत्यका (वसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण मन्दिर, पशुपतिनाथ मन्दिर, बौद्धनाथ स्तूप, स्वयम्भूनाथ स्तूप), लुम्बिनी, चितवन राष्ट्रिय निकुञ्जसगरमाथा राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा सूचीकृत छन्।

यस अवसरमा वाग्मती प्रदेश सरकार अन्तर्गत संस्कृति तथा पर्यटन मन्त्रालय मातहतको पर्यटन कार्यालयले आज बिहान राजधानीमा सम्पदा पदयात्रा आयोजना गरेको छ। पदयात्रा गहना पोखरी बाट सुरु भई भाटभटेनी मन्दिर सम्म पुग्नेछ।कार्यक्रमअन्तर्गत पदयात्रापछि हाँडीगाउँ क्षेत्रको सांस्कृतिक महत्वबारे अन्तरक्रिया पनि आयोजना गरिने जनाइएको छ। कार्यक्रममा वाग्मती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ को सहभागिता रहनेछ।

Facebook Comments Box