काठमाडौँ उपत्यकामा १ हजार ९३ जना सहित देशभर थप ४ हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, १६ जेठ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ९३ जना सहित देशभर थप ४ हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ८०४, भक्तपुरमा ११३ र ललितपुरमा १७६ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा १० हजार ९८६ आरटी पीसीआर तथा १ हजार ८४ एन्टीजेन परिक्षण सहित १२ हजार ७० जनाको परिक्षण गर्दा ४ हजार ४६९ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ५ लाख ५९ हजार ७९१ रहेको छ भने सक्रिय संक्रमितको संख्या १ लाख ८ हजार ८९७ रहेको छ ।
यसैगरी, देशभरका क्वारेन्टाइनमा ७६३ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै, पछिल्लो २४ घण्टामा थप ६ हजार २०५ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ४ लाख ४० हजार ९१० पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १०९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ७ हजार २७२ रहेको छ

