काठमाडौँ उपत्यकामा १ हजार १७१ जना सहित देशभर थप ४ हजार ४८७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १५ जेठ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार १७१ जना सहित देशभर थप ४ हजार ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ८६७, भक्तपुरमा १०५ र ललितपुरमा १९९ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा १४ हजार ६ आरटी पीसीआर तथा ७४६ एन्टीजेन परिक्षण सहित १४ हजार ७५२ जनाको परिक्षण गर्दा ४ हजार ४८७ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ५ लाख ५३ हजार ४२२ रहेको छ भने सक्रिय संक्रमितको संख्या १ लाख ११ हजार ५०९ रहेको छ ।
यसैगरी, देशभरका क्वारेन्टाइनमा ८९१ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै, पछिल्लो २४ घण्टामा थप ६ हजार ८० जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ४ लाख ३४ हजार ७०५ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ११६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ७ हजार १६३ रहेको छ

Facebook Comments Box