काठमाडौँ उपत्यकामा १ हजार ४९३ जना सहित देशभर थप ६ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, १२ जेठ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ४९३ जना सहित देशभर थप ६ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार १३९, भक्तपुरमा ११३ र ललितपुरमा २४१ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा १९ हजार ३० आरटी पीसीआर तथा ३२२ एन्टीजेन परिक्षण सहित १९ हजार ३५२ जनाको परिक्षण गर्दा ६ हजार ७१४ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ५ लाख ३५ हजार ५२५ रहेको छ भने सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार ७७ रहेको छ ।
यसैगरी, देशभरका क्वारेन्टाइनमा ८५३ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै, पछिल्लो २४ घण्टामा थप ६ हजार ७१६ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ४ लाख ११ हजार ६०३ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १४५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ६ हजार ८४५ रहेको छ

