डा. गाेविन्द केसी र जीवन क्षेत्रीकाे विज्ञप्ती भ्रामक र कपाेलकल्पितः विएण्डसी अस्तपाल

काठमाडौँ, ११ जेठ – झापास्थित विएण्डसी मेडिकल कलेज अस्पतालले डा. गोविन्द केसी र उनको सहयोगी समुहले अस्पतालका बारेमा भ्रामक, कपोलकल्पित र आधारहिन लाञ्छनाहरु लगाएको जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईद्धारा जारी विज्ञप्तीमा डा. केसी र उनका सहयोगी भनिने जीवन क्षेत्रीले विज्ञप्ती मार्फत फैलाएका अफवाहहरुबाट भ्रमित नहुन अपिल गरिएको छ । यस्तै, प्रधानमन्त्री केपी ओली समेतलाई जोडेर आधारहिन र कपोलकल्पित झुठा कुरा नगर्न, नगराउन पनि अस्पतालले विज्ञप्ती मार्फत चेतावनी दिएको छ ।

सरकारले नियमानुसार विएण्डसी मेडिकल कलेजलाई सम्वधन दिने प्रक्रिया अघि बढाएको भन्दै डा. गोविन्द केसी र उनका सहयोगी समहुले कलेजलाई सम्वधन नदिन सरकारलाई दबाब दिदै आएका छन । तर काठमाण्डौं विश्वविद्यालयले कानुनसम्मत रुपमा विएण्डसी मेडिकल कलेजलाई सम्वन्धन दिईएको स्पष्ट पारिसकेको छ ।

थप हेर्नुहाेस अस्पतालकाे विज्ञप्ती जस्ताकाे त्यस्तैः

Facebook Comments Box