काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा अवधि लम्ब्याउने तयारी

काठमाडौँ, १० जेठ – कोरोना महामारी रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा अवधि लम्ब्याउने तयारी गरिएको छ ।
यसअघि घोषित निषेधाज्ञा अवधि यही जेठ १३ गते मध्यराति सकिँदैछ ।

तर स्थिति अझै भयावह नै रहेकाले यो अवधि लम्ब्याउनुपर्ने देखिएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो । जेठ १३ पछि निषेधाज्ञा अवधि एक हप्ता थप्ने कि भन्ने सोच रहेको तर भोलि छलफलपछि मात्रै यस विषयमा निणर्यमा पुगिने उहाँले बताउनुभयो ।

गत वैशाख १६ देखि काठमाडौं उपत्यकामा लगातार निषेधाज्ञा लागू छ । सुरुमा एक हप्ता निषेधाज्ञा जारी गरेका तीन जिल्लाका प्रशासन कार्यालयले दुईपटक अवधि थपेर जेठ १३ सम्म लम्ब्याएका हुन् । उपत्यकाका तीन जिल्लाले एकैसाथ र उही नियमका साथ निषेधाज्ञा घोषणा गर्ने गरेका छन् । अहिले लगभग देशैभर निषेधाज्ञा लागू छ । दुई जिल्लामा मात्रै निषेधाज्ञा हुन बाँकी छ । निषेधाज्ञा अवधिभर अत्यावश्यक अवस्थामा बाहेक घरबाट निस्किनसमेत पाइन्न। अटेर गरे जरिवाना तथा जेल सजायसम्म हुने कानुनी व्यवस्था छ ।

Facebook Comments Box