काठमाडौँ उपत्यकामा २ हजार ७८५ जना सहित देशभर थप ७ हजार ४२५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १० जेठ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ७८५ जना सहित देशभर थप ७ हजार ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ८०६, भक्तपुरमा २९८ र ललितपुरमा ६८१ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा १९ हजार ८४६ जनाको आरटी पीसीआर तथा ६०७ जनाको एन्टीजेन सहित २० हजार ४५३ जनाको परिक्षण गर्दा ७ हजार ४२५ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ५ लाख २० हजार ४६१ रहेको छ भने सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ रहेको छ ।
यसैगरी, देशभरका क्वारेन्टाइनमा ९२४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ यस्तै, पछिल्लो २४ घण्टामा थप ७ हजार १३५ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १८५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ६ हजार ५३१ रहेको छ ।

Facebook Comments Box