महन्थ ठाकुरको पत्रमाथि उपेन्द्र यादवको अर्को पत्र
काठमाडौँ, ४ जेठ – जसपा अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुरको नामबाट संघीय संसदमा पठाइएको पत्रमा पार्टीको छाप र लेटर प्याडको दुरुपयोग भएको बताउनुभएको छ ।
यादवले आफ्नो पार्टीबाट कोही पनि संसदीय दलको नेता नभएको पत्र संसद सचिवालयमा पठाइएको बताउनुभयो । त्यो पत्र हेर्दैमा नक्कली जस्तो छ । जसरी भएको भए पनि त्यो गलत हो उहाँले भन्नुभयो, हामीले त्यो आधिकारीक होइन भनेर संसदमा पत्र पठाइसकेका छौं। संसदीय दलको बैठक नबसिकन संसदीय दलको नेता भए भनेर पत्र पठाउनु जाली काम भएको समेत उनले बताउनुभयो ।
उहाँले यसबारेमा जेठ ८ र ९ गते बस्ने कार्यकारिणी समितिको बैठकमा छलफल गर्ने बताउनुभयो । जसपा अध्यक्ष ठाकुरले आफ्नो मात्रै हस्ताक्षर गरेर संसदीय दलको नेता राजेन्द्र महतो भएको पत्र पठाउनुभएको थियो ।

Facebook Comments Box

